पैसा नभएको सिटिजन्स बैंककाे चेक काट्ने संगतलाई १० लाख जरिवाना

  २०७८ असोज १४ गते १६:५८     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंककाे बाउन्स चेक काट्ने काठमाडाैंका नारयण भक्त संगत पक्राउ परेका छन् । काठमाडाैं वडा नं ६ का वर्ष ६७ को संगतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी सिटिजन्स बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट गत वर्ष माघमा बैंकिङ कसुरको सजाय तोकिएको थियो । तर, उनी त्यसयता फरार थिए ।

उनलाई १० लाख रुपैयाँ जरिवानाका साथ ५ दिन जेलमा राखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.