सिन्धु विकास बैंकका सीईओ जोशीले दिए राजिनामा, गिरीले पाए कामुको जिम्मेवारी

  २०७८ असोज १४ गते ११:५०     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेशप्रसाद जोशीले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले संस्थाको सीईओ पदबाट राजिनामा दिएका हुन् ।

उनले दिएको राजिनामालाई संस्थाको सञ्चालक समितिको बैठकले कार्त्तिक १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।

साथै, उक्त बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीलाई कायम मुकाय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी दिने निर्णय गरेको छ । यससँगै, गिरीले कार्त्तिक १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मको लागि बैंकको कामु सीईओको कार्यभार सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.