नियोटेरिक नेपालमा ग्याजेट किन्दा आइएमई पे बाट भुक्तानी गरे छुटका साथै उपहार

  २०७८ असोज १३ गते १४:१९     विकासन्युज

काठमाडौं । नियोटेरिक नेपालको ग्याजेट किनेपछि ‘आइएमई पे’ बाट भुक्तानी गरे आर्कषक छुट, उपहार र फ्रि डेलिभरी पाइने भएको छ । बुधबार दुई कम्पनीबीच यस सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा आइएमई डिजिटल सोलुसनका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेको छन् । यो योजना ११ आजदेखि सुरु भएर २० कार्तिक सम्म लागु हुनेछ ।

एक महिनाको यस स्किममा नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आइएमई पे मार्फत खरिद गर्दा भाग्यशाली एक विजेताले आइआइइएफ जेड एयर एचएस१४ ल्यापटप जित्न सकिनेछ भने कुनैपनि लोजिटेक, रापो, रिको, आइडियाकार्ड, सेनहिजर खरिदमा आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको अफर रहेको छ । साथै वान प्लस फोन खरिद गर्दा हाइफ्युचर इयरबड्स टाइडीबड्स सित्तैमा पाउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.