यामाहाको एमटी १५ बिएससिक्स नेपाली बजारमा

  २०७८ असोज १२ गते १८:१०     विकासन्युज

काठमाडौं । यामाहाको एमटी १५ बिएससिक्सको लामो प्रतिक्षा पछी नेपालमा आइपुगेकाे छ । एमटी १५ बिएसफोरले प्राप्त गरेको अपार सफलता पश्चात् यामाहाले नयाँ एमटी १५ बिएससिक्सलाई बजारमा ल्याएकाे हाे ।

यस बाइकमा सम्पूर्ण सुधारिएको एफआइ इन्जिन, एबिएस, असिस्ट सिल्पर कल्च, भिभिए, १४० एमएम रेडियल रियर टायर जडित छन् । यामाहाले यो नयाँ एमटि १५ बिएस ६ अझ धेरै नयाँ भेरियन्ट मा उपलब्ध गराएको छ ।

नयाँ एमटी १५ बिएससिक्स आइस फल्युड एण्ड नियन ग्रिन, मेटालिक बल्याक एण्ड भरमिलियन, डार्क म्याट ब्लु एण्ड नियन ग्रिन, मेटालिक बल्याक, डार्क म्याट ब्लु र आइस फल्युड एण्ड भरमिलियन कलर नेपालमा भित्राएको छ ।

कम्पनीले ‘यामाहम महा एक्सचेन्ज मेला’मा यसको लन्च गरी प्रि बुकिङ्ग भएको १८० बाइक पनि वितरण गरिसकेकाे छ ।

यामाहाले सन् २००५ मा निर्माण शुरु गरेको एमटी श्रृङ्खला यमाहाको नेकेड बाइक सिरिज परिवारको सदस्य हो । एमटीको यो श्रृङ्खला डार्क साइड अफ जापान नामले पनि परिचित छ । मास्टर अफ टर्कको विरासत सन् २००५ मा एमटी ०१ बाट शुरु भएको थियो । जुन हालसम्म पनि यामाहाले ग्लोबल्ली सफलतापूर्वक निर्माण र वितरण गर्दै आइरहेको छ । एमटी १५ श्रृङ्खलाका बाइकहरु सिटी/अर्बन स्पोर्टस बाइक हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.