आईएमई जनरल, अजोड र नेपाल इन्स्योरेन्सबीच ‘नेक टु नेक’ प्रतिस्पर्धा, शिखर र सगरमाथा सधैँ अगाडि

  २०७८ असोज १२ गते १७:५१     विकासन्युज

काठमाडौं । सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीले ६ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले गत साउन र भदौमा गरी कूल ६ अर्ब ४१ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिका अनुसार २० कम्पनीले कूल ४ लाख ७३ हजार २६४ वटा बीमालेख बिक्री गरी सो मात्राको प्रिमियम संकलन गरेका हुन् ।बीमाशुल्क संकलनमा नेपाल इन्स्योरेन्स, आईएमई जनरल र अजोड इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ । चालु आवको दुई महिनामा यी तीनवटै कम्पनीले २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

तर यीमध्ये सबैभन्दा बढी बीमालेख बिक्री गर्नेमा नेपाल इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीले २७ हजार ६०६ वटा बीमालेख बिक्री गरेको छ । त्यस्तै, आईएमई जनरलले २० हजार ९८७ वटा र अजोड इन्स्योरेन्सले २० हजार ३२० वटा बीमालेख ब्रिक्री गरेका छन् ।

यद्यपि यी तीनवटै कम्पनीभन्दा एक दर्जन निर्जीवन बीमा कम्पनीले बढी बीमाशुल्क आर्जन गरेका छन् । जसमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा प्रिमियम संकलन गरेको छ भने नेको इन्स्योरेन्सले सबैभन्दा बढी बीमालेख बिक्री गरेको छ ।

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले ६८ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ४९ हजार ४०० वटा बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क आर्जन गरेको हो ।

त्यस्तै, सगरमाथाले ४२ हजार ४७ वटा बीमालेख जारी गरी ५८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । यससँगै कम्पनी बढी बीमाशुल्क संकलन गर्नेमा दोश्रो स्थानमा रहेका छन् ।

सबैभन्दा धेरै बीमालेख बिक्री गरेको नेको इन्स्योरेन्स बीमाशुल्कको आधारमा तेश्रो स्थानमा रहेको छ । कम्पनीले ५० हजार ९३६ वटा बीमालेख बिक्री गरी कूल ५२ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

कसले कति संकलन गरे ?

त्यसैगरी, ४० करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा ४ वटा कम्पनीहरु रहेका छन् । सिद्धार्थ, प्रिमियर, एनएलजी र राष्ट्रिय बीमा कम्पनीले दुई महिनामा ४० करोड रुपैयाँभन्दा प्रिमियम उठाएका छन् । यीमध्ये एनएलजी र राष्ट्रिय बीमा कम्पनी प्रिमियम संकलनमा प्रतिस्पर्धामा रहेका छन् । जसमध्ये बीमालेखको आधारमा भने एनएलजी इन्स्योरेन्स अगाडि रहेको छ ।

हिमालयन इन्स्योरेन्सले १५ हजार १८८ वटा बीमालेख जारी गरी ३५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, चालु आव शुरु भएयता भदौ मसान्तसम्ममा १० वटा कम्पनीले २० करोड रुपैयाँ बढी प्रिमियम संकलन गरेका छन् । यो रेञ्जभित्र रहेका कम्पनीमध्ये प्रभु र दी ओरियन्टलबीच पनि टक्कर देखिएको छ । बीमाशुल्को आधारमा टक्कर देखिएपनि बीमालेख जारी गर्नेमा भने प्रभु इन्स्योरेन्स अग्रस्थानमा रहेका छन् ।

जनरल र सानिमा जनरल इन्स्योरेन्सले क्रमशः १४ र १३ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यो अवधिमा यी दुई कम्पनीले क्रमशः ९ हजार ०६४ वटा र १३ हजार २१२ वटा बीमालेख बिक्री गरी सो मात्राको प्रिमियम उठाएका छन् । यससँगै, २० कम्पनीमध्ये सानिमा जनरलले सबैभन्दा कम बीमाशुल्क संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.