राष्ट्रिय वाणिज्य बैंकको पोइन्ट अफ सेल्स कारोबारमा क्यासब्याक अफर

  २०७८ असोज १२ गते १७:३२     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै पोइन्ट अफ सेल्सको माध्यमबाट प्रति कारोबार एक हजार वा सोभन्दा बढीको कार्ड स्वाइप गर्दा क्यासब्याक अफर ल्याएको छ ।

देशभर विभिन्न व्यवसायहरुमा रहेको पिओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै कार्ड स्वाइप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यासब्याक पाइनेछ ।

यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वाइपमा ५ प्रतिशत क्यासब्याक, ६ देखी १० पटकको कार्ड स्वाइप मा १० प्रतिशत क्यासब्याक, ११ देखी १५ पटकको कार्ड स्वाइपमा १५ प्रतिशत क्यासब्याक पाइनेछ ।

यो योजना आगामी असोज २१ गते देखि कार्तिक २४ गतेसम्म लागू हुनेछ ।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.