जोन डियरको ५० एचपी फोर ह्विल ड्राइभ ट्रयाक्टर नेपालमा

  २०७८ असोज १२ गते १४:२७     विकासन्युज

काठमाडौं । अमेरिकाको डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयरले ५० एचपी फोर हिव्लड्राइभ भएको नयाँ ट्रयाक्टर नेपाली बजारमा ल्याएको छ । कम्पनीकाे आधिकारिक बिक्रेता विवेक अटोमोवाइल्स प्रालिले मंगलबार एक समारोहबीच उक्त गाडीको बिक्रीवितरण सुरु गरेको हो ।

यो ट्रयाक्टर अत्याधुनिक प्रविधिसहितको विभिन्न विशेषता भएको हुनाले किसान समुदायको उत्पादकत्व बढाई आम्दानी बढाउने कम्पनीको दावी छ ।

उक्त समाहरोहमा जेडिआइपिएलका विक्री तथा मार्केटिङ्ग निर्देशक सत्यन शाहले विवेक अटोमोबाइल्ससँगको लामो सहयात्रामा यो एतिहासिक क्षण भएको बताए ।  ट्रयाक्टरको  विशेषाता तथा उपभोक्ता मैत्री सेवाले नै सपफलता हालत लागेकाे बताए ।  विवेक अटोमोबाइल्सका देशैभरी छरिएर रहेको विक्री तथा सेवा केन्द्रहरुकाे पनि सफलतामा देन रहेकाे बताए ।

डीयर एण्ड कम्पनी विश्वमै अत्याधुनिक प्रविधीयुक्त वस्तु उत्पादन गर्ने तथा उपभोक्तालाई उत्कृष्ट सेवा दिने कम्पनीको नाममा परिचित छ । कम्पनीले १८३७ देखि नै खेतिपाती तथा कन्सट्रक्सनको लागि विशेषतायुक्त साधानहरु ल्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.