एनआईसी एशियामा वर्ल्डरेमिटबाट पैसा पठाउँदा ४०० रुपैयाँ बाेनस पाइने

  २०७८ असोज ११ गते १५:११     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले दशैंको अवसरमा अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्डरेमिटसँग मिलेर बाेनस अफर ल्याएकाे छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले वर्ल्डरेमिट मार्फत एनआईसी एशिया बैंककाे खातामा रकम पठाउँदा ४०० बोनस रकम बाेनस पाउने छन् ।

असाेज ११ देखि कात्तिक १० गतेसम्म लागू हुने याे अफर योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुनेछ ।

कोभिड–१९ को जोखिम कायम रहेकै बेला यस बैंकले वर्ल्डरेमिटको वेबसाइट तथा एपमार्फत विदेशमा रहेका नेपाली नागरिकहरूले यथास्थानबाटै स्वदेशमा रहका आफ्ना परिवार तथा आफन्तजनलाई जुनसुकै बेला रकम पठाउन सक्नेछन् ।

बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा रहेका नेपालीहरूले वर्ल्डरेमिटको एप तथा वेबसाइटबाट यस बैंकका खातामा सहजै रकम पठाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.