सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा २५ सयसम्मकाे छुट पाउने

  २०७८ असोज १० गते १३:४९     विकासन्युज

काठमाडाैं । दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ ।

यस याेजनामा अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्नेछन् ।

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २५ सय सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकलाई फर्स्ट कम फर्स्ट सर्भको आधारमा छुट प्रदान गरिने छ । यो योजना यही असाेज १० गतेदेखि असाेज १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ ।

सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा लिंदा ५०० क्यासब्याक पनि प्रदान गर्दै आएको छ । यो योजना आश्विन १ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ ।

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइटमा लगइन गरी आवेदन दिन सकिन्छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०६ वटा कार्यालय तथा ९७ वटा एटीएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.