अजोड इन्स्योरेन्सले सम्पन्न गर्यो विभिन्न तालिम, कूल ९६ जना सहभागी

  २०७८ असोज ७ गते १४:२७     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सले हालै विभिन्न तालिमहरु सम्पन्न गरेको छ । इन्स्योरेन्सले गत भदौको अन्तिम सातामा विभिन्न स्थानमा विभिन्न किसिमका कार्यक्रमहरु सम्पन्न गरेको हो । जसमा कूल ९६ जना सहभागी भएका थिए ।

कम्पनीले भदौ २० र २१ गते काठमाडौंमा कम्पनीको प्रधान कार्यालय, शाखा तथा उपशाखाका सहायक तहका मार्केटिङ्ग कर्मचारीलाई इनहाउस मार्केटिङ्ग ट्रेनिङ्ग सम्पन्न गरेको थियो । उक्त तालिममा ५२ जना मार्केटिङ्ग कर्मचारीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै, कम्पनीले भदौ २९, ३० र ३१ गते भर्च्युअल माध्यमबाट आधाभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको थियो । सहायक महाप्रबन्धक अनिलकुमार अर्यालका साथै प्रशिक्षर्थीद्धारा बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिका र बीमाका विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । उक्त तालिममा २५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

त्यसैगरी, कम्पनीले प्रादेशिक कार्यालय, हेटौडामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिमको अवसरमा अजोड इन्स्योरेन्सका प्रबन्धक दिपक पोखरेले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिकाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । उक्त तालिममा १९ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.