नेप्सेको सम्पूर्ण प्रणाली अब तीन दिन नचल्ने

  २०७८ भदौ ३१ गते १७:०९     विकासन्युज

काठमाडौं । पुँजीबजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को वेवसाइट अब तीन दिन नचल्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले असोज १ गते (शुक्रबार) देखि असोज ३ गते (आइतबार) सम्म तीन दिन नेप्सेको सबै प्रणाली पूर्ण रुपमा नचल्ने जानकारी गराएको हो ।

नेप्सेले डाटा सेन्टरमा मर्मत र स्तरोन्नति गर्नका लागि उक्त ३ दिनका लागि साइट बन्द गर्न लागेको हो । साथै, नेप्सेले यथाशिघ्र छिटो मर्मत तथा स्तरोन्नति काम सकेर सञ्चालनमा ल्याउने समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.