इन्टरनेटको मूल्य बढाउने आइस्पानको निर्णय, ग्रामिण भेगमा ३ सय र सहरी क्षेत्रमा १५० रुपैयाँ बढ्ने

  २०७८ भदौ ३१ गते १६:४५     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पोलको भाडमा बृद्धि गरेको भन्दै इन्टरनेट सेवा प्रदायकले इन्टरनेटको मूल्य बढाउने भएका छन् । इन्टरनेट सेवा प्रदायकको छाता संगठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले ग्रामीण र सहरी क्षेत्रमा इन्टरनेटको शूल्क बढाउने निर्णय गरेकाे हाे ।

आइस्पानका अध्यक्ष सुधीर पराजुलीका अनुसार आइस्पानले निर्णय गरेर बढेको भाडादर नेपाल दूरसञ्चार प्राधिकरणमा पठाउने तयारी भएको छ । संघले ग्रामीण क्षेत्रमा प्रतिग्राहक तीन सय र सहरी क्षेत्रमा प्रतिग्राहक एक सय ५० रुपैयाँका दरले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो ।

प्राधिकरणले यसअघि प्रतिपोल २५० रुपैयाँ लिने गरेको शुल्कमा बढाँएर प्रति किलोमिटरका दरले शुल्क लिने निर्णय गरेको थियो । इन्टरनेट सेवा प्रदायकसँग छलफल नै नगरी प्राधिकरणले आफूखुशी पोल भाडामा ३ सय प्रतिशतसम्म बढाएको भन्दै सेवाप्रदायक कम्पनीहरुले आन्दोलन गर्दै आएका छन् । उनिहरुले बृद्धि भएको पोलको शुल्क भुक्तानी नगर्ने जनाउँदै आएका छन् ।

यस्तै, प्राधिकरणले इन्टरनेट कम्पनीले पोलका भाडा नदिएको भन्दै असोज १५ गतेसम्म बक्यौता रकम भुक्तानी नगरे तार हटाउने चेतावनी दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.