हल्दीयबाट ३५ घण्टा लामो यात्रा गरेर वीरगन्ज आईपुग्यो पहिलो निजी कार्गो रेल

  २०७८ भदौ ३० गते ११:५४     विकासन्युज

काठमाडौं । नेपाल भारत रेल सेवा सुरुआतको १७ वर्ष पछि पहिलो पटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आईपुगेको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार हिम्ड टर्मिनल प्रालीको एक ¥याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगन्जस्थित सुख्खा बन्दरगाह आईपुगेको हो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कंकोरबाहेक अन्य रेलले पनि नेपालमा सामान ल्याउन सक्ने व्यवस्था भए पछि निजी रेलले मंगलबार हल्दिया बन्दरगाहबाट सामान लिएर बुधबार वीरगंज आइपुगेको हो ।

हल्दियबाट खाद्यन्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगन्जस्थित सुख्खा बन्दरगाह आईपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिइएको को थियो । भारतीय कन्टेनरको एकाधिकार तोड्दै ३ महिनाअघि मात्रै सम्झौता संशोधन गरिएको थियो ।

सो सम्झौता पश्चात पहिलो पटक नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको हो ।

निजी क्षेत्रको रेलले सेवा दिन पाउने गर भएको सम्झौताको २ महिना ६ दिनमा पहिलो निजी रेल नेपाल आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.