विद्युतीय माध्यमबाट गर्ने कारोबारको सीमा बढ्यो, उपभाेक्ताले पनि बढी शुल्क तिर्नु पर्ने

  २०७८ भदौ २९ गते १६:३८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंक्ले विद्युतीय माध्यमबाट गर्ने भुक्तानी कारोबारको सीमा बढाएको छ । मंगलबार भुक्तानी प्रदायक संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले कारोबारको सीमा बढाएको हो ।

अब बैंक खाताबाट वालेटमा गरिने प्रति कारोबार ५० हजार र प्रति महिना १० लाख रुपैयाँ कारोबार गर्न पाइने ब्यवस्था गरेको हो । यसअघि यस्तो कारोबार प्रति कारोबार २५ हजार प्रति महिना ५ लाख रुपैयाँ सीमा तोकिएको थियो । यस्तै, वालेट मार्फत बैंक खातामा गरिने कारोबारको सीमा ५० हजार रुपैयाँ पुर्याएको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले मोवाइल बैंकिङ मार्फत विद्युतीय रकमान्तर गर्दा सेवा प्रदायकहरुले लिने शुल्क पनि बढाएको छ ।

निर्देशनमा ५० हजार रुपैयाँसम्म कारोबार गर्नेले १० रुपैयाँ, ५० हजारदेखि १ लाख रुपैयाँसम्म कारोबार गर्नेले २० रुपैयाँ र १ लाख रुपैयाँभन्दा बढी कारोबार गर्नेले ३० रुपैयाँ तिर्नु पर्ने भएको छ ।

विद्युतीय कारोबारमा लिइने सेवा शुल्क सम्बन्धी विवरण प्रत्येक ६/६ महिनामा नियमित रूपमा वा शुल्क परिवर्तन भएको समयमा संस्थाको वेबसाइटमा प्रष्ट देखिने गरी सार्वजनिक गर्नुपर्नेछ ।

One comment on "विद्युतीय माध्यमबाट गर्ने कारोबारको सीमा बढ्यो, उपभाेक्ताले पनि बढी शुल्क तिर्नु पर्ने"

  • Keshab Parajuli says:

    जताततै लूट मच्चाउने खेल नगरे राम्रो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.