मुक्तिनाथ विकास बैंकद्वारा ५ संस्थालाई आर्थिक सहयाेग

  २०७८ भदौ २७ गते १६:५३     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ५ विभिन्न संस्थालाई सहयोग गरेको छ ।

बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी’ लागि ५० हजार रकम मिडिया इन्टरनेसनललाई सहयोग गरेको छ । यसैगरी कास्कीको मालपोत कार्यालयमा सेवाग्राहीहरु बस्ने प्रतिक्षालयकाे लागि ३ थान फलामको सहयाेग गरेकाे छ ।

यसका साथै बैंकले बालबालिकाको शिक्षाकाे लागि निमित्त रेश्ट फाउन्डेसन अन्तरगत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकालागि चाहिने किताबको दराजको निमार्ण गर्न ४० हजार सहयोग गरेको छ ।

साथै बैंकले भैसेपाटीस्थित प्रगती युवा क्लबले आयोजन गरेकाे रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गर्नुकाे साथै आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं २२ का २८ वर्षीय प्रकास बरालको मृगौला प्रत्यारोपनपणका लागि ५० हजार सहयोग गरेको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.