नबिल बैंकले पञ्चेश्वोर गाउँपालिकका युवालाई वित्तीय साक्षरता तालिम दिने

  २०७८ भदौ २५ गते १३:१३     विकासन्युज

काठमाडाैं । नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै उदेश्यका साथ राष्ट्रिय युवा परिषद् र पञ्चेश्वोर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेको छ ।

यस समझदारी अन्तर्गत बैंकले बैतडी जिल्लाको पञ्चेश्वोर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ देशभित्रै युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजना गरी दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको जनाएकाे छ ।

नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा, राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना र पञ्चेश्वोर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

ग्रामिण क्षेत्रमा पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रकै व्यवसायिकरण र उद्यमशिलता विकासकाे लागि ल्याएकाे याे कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरी बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएकाै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.