बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा छुट पाइने

  २०७८ भदौ २४ गते १७:३७     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू र फर्निचर वान स्टोर बिच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड÷ क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २० प्रतिशतुम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले फर्निचर वान स्टोरबाट घर तथा अफिसको लागि आवश्यक फर्निचरहरु खरिद वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको २० प्रतिशतसम्म छुट पाउनेछन् ।

फर्निचर वान स्टोरले डिल्लिबजारबाट सेवाग्राहीहरुलाई आवश्यक गुणस्तरिय फर्निचरहरु बिक्री गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.