टीआर कर्जाको सीमा ९० दिनमा झर्यो

  २०७८ भदौ २४ गते १७:०६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रष्ट रिसिप्ट कर्जा (टीआर लोन)को सीमा ९० दिनमा झारेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले दिने टिआर प्रकृतिको कर्जाको सिमा ९० दिनमा झारेको हो । यसअछि सो कर्जाको सीमा १८० दिन रहेको थियो ।

‘ट्रष्ट रिसिप्ट कर्जा, बिल्स डिस्काउन्टिङ वा त्यस्तै प्रकृतिका आयात कर्जा प्रदान गर्दा अधिकतम ९० दिनसम्मको लागि मात्र प्रवाह गर्न पाइनेछ,’ राष्ट्र बैंकले भनेको छ ।

यस्तै, राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित भएका व्यवसायीहरु होटल ट्रेकिङ हवाई लगायतलाई २०७९ सालसम्म भुक्तान गर्नुपर्ने कर्जाको दायित्वयलाई छुट्टै हिसाब बनाएर २ वर्षसम्म ४ किस्तामा असुल गर्ने गरेर हिसाब मिलाउन निर्देशन दिएको छ । विदेशबाट सामान आयात गर्नको लागि व्यवसायीहरुले टिआर ऋण लिने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.