१० वर्षमा १ परियोजना मात्रै सकेको बोर्डले ५ वर्षमा १३ खर्ब लगानी जुटाउने लक्ष्य राख्याे

  २०७८ भदौ २४ गते ११:४१     विकासन्युज

काठमाडौं । लगानी बोर्डले पाँच वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ । बोर्डले १० वर्ष पुगेको अवसरमा आफनो पाँच वर्षीय योजनाहरु सार्वजनिक गरेको हो । बोर्डले ५ वर्षको अवधिमा १३ खर्ब रुपैयाँ लगानी भित्र्याउने लक्ष्य लिएको छ ।

प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष शेरबहादुर देउवाले बोर्डको १० औं वार्षिकोत्सवका अवसरमा बुधबार सार्वजनिक गरेको सन् २०२५/०२६ सम्मको रणनीतिक तथा व्यापारिक योजनामा यो अवधिमा १३ खर्ब रुपैयाँ लगानी जुटाउने लक्ष्य लिएको हो ।

बोर्डले सार्वजिन गरेको रणनीतिक योजनमा उल्लेख गरे अनुसार १ अर्ब ३९ करोड परियोजना विकास र व्यवस्थापन, ४३ करोड लगानी प्रवद्र्धन, ४९ करोड संस्थागत विकास र ५ करोड समन्वय, सहकार्य र साझेदारीका आवश्यक छ ।

१ लाखले रोजगारी पाउने

लगानी बोर्डको पञ्च वर्षीय रणनीतिक योजनामार्फत १ लाख जना मानिसले रोजगारी पाउने उल्लेख गरिएको छ । बोर्डले विभिन्न विकासका पूर्वाधारहरुमा लगानी जुटाउर ती परियोजनाहरुमा नेपाली युवाहरुलाई रोजगारी दिने लक्ष्य राखेको छ ।

बोर्डले विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि वातावरण निर्माण गरी ५ वर्षमा देशलाई विकासिल राष्ट्रका रुपमाा चिनाउने लष्य लिएको छ । बोर्डलाई पीपीपी सेन्टरको रुपमा विकास गर्ने पनि योजना रहेको बताइएको छ ।

१० वर्षमा १ परियाेजना मात्रै सम्पन्न

बुधबार बोर्डले आफ्नो १० औं वार्षिकोत्सव मनायो । यो १० वर्षको अवधिमा बोर्डले एउटै आयोजना मात्रै सम्पन्न गरेको छ । चिनीयाँ लगानी रहेको होंसी सिमेन्टले नेपालको शिवम सिमेन्टसँग मिलेर उत्पादन गरेको एउटै मात्रै परियोजना लगानी बोर्डले सम्पन्न गरेको छ ।

बोर्डले स्थापना यता सबैभन्दा बढी काम भएका पाँचवटा परियोजनाको सूची राखेको छ भने अन्य आयोजनाहरुका लागि लगानी जुटाउनका लागि परियोजना बैंकमा राखेको छ ।

बोर्डले ३४ वटा परियोजनालाई परियोजना बैंकमा राखेको छ भने २७ वटा परियोजनाका लागि करिब ८ खर्ब रुपैयाँभन्दा बढी लगानी जुटिसकेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल भट्टले बताए ।

उनका अनुसार संखुवासभाको मकालु र चिचिला गाउँपालिकामा भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजना (९०० मेगावाट), नवलपरासीमा होङ्सी शिवम सिमेन्ट, धादिङमा ह्वासिन सिमेन्ट, धरान र सुनसरीमा फोहोर प्रशोधन केन्द्र तथा अछाम, दैलेख र सुर्खेतको सीमामा कर्णाली आयोजना निर्माणाधीन छन् ।

१० वर्षको अवधिमा बोर्डले दुई पटक लगानी सम्मेलनको आयेजना गरेको छ । यस्तै, ७ समझदारी, २ प्रोजेक्ट इभेस्टमेन्ट सम्झौता (पीआईए) र २ आयोजना विकास सम्झौता (पीडीए) गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.