बैंक अफ काठमाण्डूद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य साम्रगी सहयाेग

  २०७८ भदौ २३ गते १८:३०     विकासन्युज

काठमाडाैं । बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व अन्तर्गत भक्तपुर अस्पताललाई स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ ।

बैंकले अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको हाे ।

उक्त स्वास्थ्य सामग्रीहरु बैंकका हेड बिजनेश सेट १ थमन बहादुर खत्रीले भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. सुमित्रा गौतमलाई एक कार्यक्रमको बिच हस्तान्तरण गरेका हुन् ।

उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरुले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनकाबीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका भक्तपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको जनाएकाे छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.