टिभिएस अपाचे आरटिआर २०० फोरभि सार्वजनिक गर्दै जगदम्बा मोटर्स

  २०७८ भदौ २३ गते १९:२२     विकासन्युज

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा टिभिएस अपाचे आरटिआर २०० फोरभि मोडल नेपालमा सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले भोली ९भदौ २४ गते० फेसबुक, युट्युब, इन्स्टाग्राम पेज लगायत अन्य विभिन्न डिजिटल माध्यमबाट उक्त बाइक सार्वजनिक गर्न लागेको हो ।

टिभिएस् अपाचे आरटिआर २०० विथ फर्स्ट इन् क्लास राइडिङ्ग मोड्समा ठाउँ, सडक र मौसम अनुसार राइडिङ् मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको छ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तीन ओटा मोडहरु रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित गर्ने देखिन्छ ।

यसैगरी यस मोटरसाइकलको अर्को राम्रो पक्ष भनेको आरटिएफआइ टेक्नोलोजी युक्त बिएसभिआइ कम्पलियान्ट इन्जिन रहेको छ। अटोमोबाइल जगतमा आरटिएफआइ टेक्नोलोजिलाई निकै नै उत्कृष्ट मानिन्छ । यस आरटिएफआइ टेक्नोलोजी युक्त बिएस(भिआइ कम्पलियान्ट इन्जिन अरु कार्बोरेटर इन्जिनभन्दा एकदमै शक्तिशाली रहेको छ, जसले मोटरसाइकलको शक्ति र आयु दुवैलाई बढावा दिएको छ। यसले टिभिएसको रेसिंग डिएनएको इतिहासलाई थप नयाँ उचाइमा पुर्याएको छ ।

यसैगरि यस मोटरसाइकलमा बिल्कुलै पहिलो पटक फर्स्ट इन् सेग्मेन्ट एडजस्टेबल सस्पेन्सन र लिभर रहेको छ भने यसको पुरै ग्राफिक्स रेसिंगलाई नै आधार मानेर डिजाइन गरिएको छ ।

जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.