सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा विस्तार

  २०७८ भदौ २१ गते १९:०६     विकासन्युज

काठमाडौं । सनराइज बैंकले दुई स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं।१५ सोकनाह बजार र सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८९ पुगेको छ ।

सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम र ८९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.