एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु

  २०७८ भदौ २१ गते १६:२८     विकासन्युज

काठमाडौं । एनसेल आजियाटाले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ ।

एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पुर्याउँदै देशको दुई तिहाईभन्दा बढि जनसंख्यामा फोरजी सेवाको विस्तार गरिसकेको छ ।

एनसेलले फोरजी ब्रोडब्याण्ड सेवालाई देशको ५५० भन्दा बढि स्थानिय तहसम्म विस्तार गरिसकेको छ र बाँकी रहेका स्थानमा पनि सेवा विस्तारको लागि कार्य निरन्तर गरिरहेको छ ।

एनसेलकाे फोरजी सेवाको लिनका लागि ग्राहकले एनसेलको सिम सजिलै लिन सक्छन् र थ्रिजी सिम प्रगोग गरिरेहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न अर्थात आफुले चलाई रहेकै नम्बरमा नयाँ फोरजी सिम लिन सक्छन् ।

एनसेलका ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरु सुचारु गर्न सक्नेछन् र विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुचारु गर्न सकिन्छ ।

एनसेलले देशभरी ७२ लाखभन्दा बढि ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.