कक्षा ११ र १२ पढ्नकाे लागि फेरी खुल्याे सानिमा बैंकको छात्रवृत्ति

  २०७८ भदौ १० गते १६:१७     विकासन्युज

काठमाडाैं । सानिमा बैंकले कक्षा ११ र १२ अध्यनकाे लागि फेरी छात्रवृति खुला गरेकाे छ । बैंकले खुला गरेकाे उक्त छात्रवृतिमा भदाै २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि गरिब तथा विपन्न वर्गका २–२ जना विद्यार्थीलाई उनीहरुकै रोजाईको कलेज र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

बैंकले २०१२ देखि गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृति दिँदै आएकाे हाे ।

छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी सानिमा बैंकको वेबसाइटमा उपलब्ध छ ।

यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका साथै अतिरिक्त मासिक २ हजार नगदसहित दुई वर्षका लागि छात्रवृत्ति प्रदान गरिन्छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

One comment on "कक्षा ११ र १२ पढ्नकाे लागि फेरी खुल्याे सानिमा बैंकको छात्रवृत्ति"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.