यस्तो छ ‘युनी-भी’, चांगनको इनोभेस्नर टेक्नोलोजीलाई थप उचाइमा लैजाने विश्वास

  २०७८ भदौ ९ गते १६:५७     विकासन्युज

काठमाडौं । अटोमोबाईल उत्पादक र ब्रान्डहरुको कुरा गर्दा ‘चांगन’ विश्वमै सर्वाधिक विश्वासिलो र उत्कृष्ट कम्पनीहरु मध्येको एउटा नामको रुपमा चिनिन्छ । विगत १५८ वर्षमा कम्पनीले ‘स्थायीसुरक्षा’ को नाराका साथ यसले निरन्तर रुपमा आफूलाई भरपर्दो अटोमोबाईल ब्रान्डको रुपमा स्थापित गरेको छ ।

विश्वका विभिन्न ७ वटा स्थानमा अवस्थित खोज तथा अनुसन्धान केन्द्रहरु, तीनवटा विकासकेन्द्रहरु, तथा १८ भन्दा धेरै मुलुकका विज्ञहरु यसकाे अनुसन्धान र उत्पादनमा संलग्न भएको तथ्यबाटै ‘चांगन’ एक उत्कृष्ट अटोमोबाईल निर्माता कम्पनी हो भन्ने दाबी कम्पनीले गरेको छ ।

केही दिन अघिमात्रै नेपालका लागि चांगनको आधिकारिक विक्रेता एमएडव्लु वृद्धि अटोकर्पले ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्न तथा सजिलो र भरपर्दो तरिकाले सम्पर्कमा रहन डिजिटल प्लेटफर्महरुको सुरुवात गरेको जानकारी दिएको थियो ।

चांगनले अब चाँडै नै ‘युनी-भी’ भन्ने नयाँ मोडल ल्याउँदैछ र याे माेडल नेपालमा पनि भित्र्याइने पक्का भइसकेको छ ।

‘व्हेन इन्टेलिजेन्स गेट्स स्मार्टर, द फिलिङ्स गेट्स अन्ली टु यू’ भन्ने कुरालाई आत्मसाथ गर्दै चांगन भविष्यमा आफ्ना उत्पादनहरु वर्तमान बजारमा उपलब्ध गराउन प्रयासरत छ ।

युनी-भी ‘भिजन-भी’ अन्तर्गतको विल्कुलै नयाँ उत्पादन हो। चिनियाँ निर्माता चांगनले बेइजिङ अटो शोमा प्रस्तुत गरेको भिजन-भी अवधारणामा कारका मोडेलमा भविष्यमा रहने स्टाइलको कुरा दर्शाइएको छ । कारले सौंदर्य, टेक्नोलोजी र बुद्धिमत्ताको कुरामा विशेष ध्यान दिएको कम्पनिले जनाएको छ । निर्माताको अनुसार यूरोपीयन शैलीकाे याे गाडीमा यात्रुलाइ सहज हुने खालकाे टेक्नोलोजी प्रयाेग गरिएकाे छ ।

वैकल्पिक १८ इन्चका पांग्राले  युनी-भी लाइ एकदम सुन्दर लुक्स दिएकाे छ । रीट्राक्टेबल डाेर ह्यान्डलले त यसलाइ अझ बढी नै सुन्दर देखाउन मद्दत गरेकाे छ । १.५ लिटरको १८५ एचपी इन्जिन जडान गरिएको यस गाडीका रियर प्रकाशबारहरु एकदम राम्रा देखिन्छन् भने दोहोरो क्रोम्ड भएका धुँवा फाल्ने पाइप र ब्रेकलाईटले गाडीलाइ स्पोर्टी देखाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.