बजाजको दशैं अफर: बाइक किन्नुअघि १० हजार, किन्दा १ लाख र किनेपछि १० लाख जित्ने माैका

  २०७८ भदौ ८ गते १८:०१     विकासन्युज

काठमाडौं । दशैं चाडको विशेष अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ ।

ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले,, किन्ने बेला  किनी सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले १० हजारसम्मको अग्रिम नगद, खरीदको दौरानमा १ लाखसम्म र किनेपछि बम्पर अफरमा कुनै पनि अधिकृत डिलरबाट १० लाखको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले दशैं महोत्सवको अवसरमा उपभोक्ताहरुलाई दोहोरो खुशी दिने प्रयास गर्ने उद्देश्यले “बजाज खुसी को ३ डोज” अभियान प्रस्तुत गरेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.