अब ड्याट्सनकाे गाडी किन्दा साढे २ लाख फाइदा

  २०७८ भदौ ८ गते १२:४६     विकासन्युज

काठमाडाैं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले चाडवाडको अवसर पारेर नेपाली बजारमा “ड्याट्सन फेस्टिभ हट डिल” योजना सार्वजनिक गरेको छ ।

कार खरिद गर्ने व्यक्तिहरुका लागि चाडवाड एक सुवर्ण मौका पनि हो भन्ने कुरालाई मध्यनजर गर्दै कम्पनीले नेपालीहरुको महान चाड दसैंको अवसरमा यो आकर्षक योजना ल्याएकाे हाे ।

यस योजनामा ग्राहकलाई कूल २ लाख ४१ हजार ५२ बराबरको विशेष सुविधा रहेकाे छ जसमा  १ लाख २५ हजार नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९९९ मूल्य पर्ने रेडमी नोट १० एस प्राप्त गर्नेछन् । साथै १ वर्षको बीमा तथा सवारी कर, वारेन्टि तथा सर्भिसिङ्गको व्यवस्था पनि गरिएको कम्पनीले जनाएकाे छ ।

यसबम सागै अफरमा ग्राहकलाई तत्काल फाइनान्स तथा एक्स्चेन्ज सुविधाको व्यवस्था पनि गरिएको छ । यो योजना नेपाल अधिराज्यभर रहेका ड्याट्सन सोरुमहरुमा लागू हुने कम्पनीले जनाएकाे द्ध ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.