टाटाको गाडी किन्नेलाई महालक्ष्मी विकास बैंकले ५ वर्षको लागि ऋण दिने

  २०७८ भदौ ४ गते १६:१५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने भएको छ । सो उद्देश्यले विकास बैंकले भदौ ४ गते सिप्रदी ट्रेडिङ प्रा. लिसँग सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिने छ ।

देशका १०३ वटा शाखाबाट ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.