वृज सिमेन्टले ‘ब्यूटी विथ ए पर्पाेज’काे लागि पुल बनाउन सहयाेग गर्ने

  २०७८ भदौ ३ गते १६:२७     विकासन्युज

काठमाडाैं । वृज सिमेन्टले मिस वर्ल्ड प्रतियाेगिताकाे ब्यूटी विथ ए पर्पाेजकाे लागि पुल बनाउन सहयाेग गर्ने भएकाे छ ।

मिस वर्ल्ड-२०२१ पेजेन्टमा मिस नेपाल २०२० नम्रता श्रेष्ठले प्रस्तुत गर्ने  ’ब्यूटी विथ ए पर्पाेज’ काे लागि पुल बनाउन आवश्यक पर्ने सिमेन्ट वृज सिमेन्ट र पुष्पातारा केडिया सेवा फाउन्डेशनले संयुक्त रुपमा सहयोग गर्ने सहयाेग गर्ने भएकाे हाे ।

मिस नेपाल प्रतियोगीताको प्रायोजकको रुपमा वृज सिमेन्ट विगत ५ वर्षदेखि संलग्न हुँदै आइरहको छ । मिस वर्ल्ड यही डिसेम्बर २०२१ मा प्यूर्टोरिकोमा हुन गइरहेको छ ।

’व्यूटी विथ ए पर्पाेज’ मिस वर्ल्ड प्रतियोगितामा जितिने सबैभन्दा प्रतिष्ठित उपाधि मानिन्छ । यो उपाधि नेपालले २०१३, २०१८ र २०१९ मा जितिसकेकोे छ । यस वर्ष नम्रता श्रेष्ठले आफ्नो ’व्यूटी विथ ए पर्पाेज’ प्रोजेक्टको लागी धादिङ्ग जिल्लाको थोपल खोलामा एउटा ट्रेल पुल बनाउने भएकी छिन् ।

उनले धादिङ्ग जिल्लाकाे निलकण्ठ गाउँपालिकको १२ र १३ नम्बर वडामा पर्ने चिरिन पुच्छर थोपल खोलामा बन्ने ७३ मिटर लम्बाइको पक्की पुल निर्माण गर्ने योजना रहेकाे छ ।

पुष्पातारा केडिया सेवा फाउन्डेशनले विभिन्न सामाजिक संघ संस्था लगायत विभिन्न क्षेत्रहरुमा आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परियोजनाहरुलाई सहायता प्रदान गर्दै आइरहेको छ ।

पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र साँस्कृतिक उत्थानको लागि कार्य गर्ने उदेश्यका साथ स्थापना गरिएको नाफारहित सामाजिक संस्थाको रुपमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.