हाउजेका देशभरका शोरुममा एक्स्चेन्ज अफर, प्रत्येक बाइककाे खरिदमा १५ हजार छुट

  २०७८ भदौ ३ गते ११:०१     विकासन्युज

काठमाडौं । हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले देशभरका शोरुममा एक्स्चेन्ज अफर सुरु गरेको छ । भदौ २ गते सुरु भएकाे यस एक्स्चेन्ज अफर १५ दिनसम्म चल्ने कृष्ण इन्टरनेशनलका सेल्स म्यानेजर रुक्सान खत्रीले जानकारी दिए ।

एक्स्चेन्ज गर्दा पुरानो बाइक तथा स्कुटरको मूल्यमा अतिरिक्त १५ हजार रुपैयाँ मूल्यांकलन गरिने तथा नगदमा बाइक खरिद गर्दा पनि १५ हजार रुपैयाँ छुट प्रदान गरिने खत्रीले जानकारी दिए ।

काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीसँगै कम्पनीको मुख्य शोरुम छ । काठमाडौं उपत्यकाको टेकु, नयाँबजार, चाबहिल र बनेपामा हाउजेको शोरुम छन् । उपत्यका वाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा अन्य शोरुम छ । हाउजेको एनके १५० सिसीको बाइक धेरैको रोजाईमा परेको बताउँदै खत्रीले एक्स्चेन्ज अफरले ग्राहक अझै बढी आकर्षित हुने विश्वास व्यक्त गरे ।

चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको खत्रीले बताए । कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ । ‘डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ,’ खत्रीले भने ।

यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध रहेको खत्रीले जानकारी दिए । ‘बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै हामीले सेवा प्रदान गरिरहेका छौं,’ खत्रीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.