नेपाल राष्ट्र बैंकले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई अनुसन्धान गर्न फेलाेसिप दिने

  २०७८ भदौ २ गते १७:२३     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने सम्झाैता भएको छ । गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा मंगलबबार बैंकमा आयोजित कार्यक्रमकाबीच उक्त सम्झाैता भएको हो ।

उक्त सझदारीपत्रमा बैंकका तर्फबाट जनशक्ति व्यवस्थापन विभागका का.मु.कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वविद्यालयकाे अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा. शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्राडा रामजी गाैतमले हस्ताक्षर गरे ।

उक्त सम्झाैता अनुसार अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँच–पाँच जना, एफफिल र विद्यावारिधितर्फका दुई–दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्न प्रयोजनका निम्ति बैंकले वार्षिक रूपमा शोधवृत्ति (फेलोसिप) उपलब्ध गराउने छ ।

साथै, बैंकमा उपलब्ध हुने इन्टर्नसिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई प्राथमिकता दिइने समझदारी समेत भएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले बैंक र विश्वविद्यालयबीचको समझदारी आफैम
सकारात्मक सुरुआत रहेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.