बजाजको नयाँ शोरुम अब धनुषामा

  २०७८ भदौ १ गते १७:३८     विकासन्युज

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि।ले धनुषामामा सुविधासम्पन्न नयाँ शोरुम “माँ दुर्गा अटोमोबाइल्स ” को उद्घाटन गरेको छ ।

अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले धनुषामा पनि शोरुम संचालनमा ल्याएको कम्पनीले जनाएको छ । कम्माँपनीले दुर्गा अटोमोबाइल्सका प्रोपराइटर निमर्ला कुमारी ज्यूलाई डिलरसीप प्रदान गरेको छ ।

यस नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले विश्वास् लिएको जनाएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले धनुषामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न भएको र ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु आफुहरुको जिम्मेवारी रहेको बताए ।

शोरुम उद्घाटनको अवसरमा माँ दुर्गा अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकहरुका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.