धादिङ र मन्थलीमा खुल्यो मोटरहेड मोटरसाइकलको सोरुम

  २०७८ साउन २९ गते १५:०३     विकासन्युज

काठमाडौं । मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले धादिङ र मन्थलीमा सोरुमको शुभारम्भ गरको छ । आज आयोजित एक कार्यक्रमका बीच दुई स्थानमा सोरुम शुभारम्भ गरिएको हो ।

धादिङमा अवस्थित टोनिया ट्रेडिङ एन्ड कन्सर्नले मोटरहेड सोरुममा र मन्थलीमा मोटरहेडको आधिकारिक सोरुमको रुपमा नुबि ट्रेडर्सको शुभारम्भ गरिएको हो ।

यी दुवै स्थान पहाडी भुभागमा पर्ने भएकाले मोटरहेडका डर्ट र अन्य सेगमेन्टमा मोटरसाइकलहरुको राम्रो बिक्री हुने अपेक्षा गरिएको एसएलआर टेक्नो एन्ड ट्रेडका जनरल म्यानेजर उज्वल जोशीले बताए ।

सोरुम शुभारम्भको अवसरमा सहभागीहरुलाई गिफ्ट ह्याम्पर प्रदान गरिनुका साथै प्रत्येक मोटरसाइकल खरिदमा ३ दिनका लागि आकर्षक अफर प्रदान गरिने बताइएको छ । यस्तै, एक्सचेन्ज गर्ने ग्राहकका लागि पुरानो मोटरसाइकल वा स्कुटरमा थप १५ हजार सम्म मूल्यांकन गरिने छ भने नगद खरिदमा १० हजार रुपैयाँ छुट प्रदान गरिने छ । त्यसैगरी फाइनान्समा खरिद गर्दा ५ हजार रुपैयाँ छुट प्रदान गरिने छ ।

पावर, पर्फमेन्स र भ्यालु फर मनीका लागि मोटरहेड मोटरसाइकल लोकप्रिय मानिन्छन् । पहाडी र तराई जस्ता सबै क्षेत्रका लागि उपयुक्त हुने मोटरहेडका डर्ट, क्रसओभर र स्क्र्याम्बलर गरी सबै भर्सनका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.