१८७ रुपैयाँ प्रतिसेयर नेटवर्थ भएको हिमालयन बैंकको वितरणयोग्य नाफा ६५ प्रतिशतले बढ्यो

  २०७८ साउन २९ गते १३:४६     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले गत असार मसान्तसम्ममा २ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा २ अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद नाफाभन्दा वितरणयोग्य नाफाको वृद्धिदर बढी छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ६५.७४ प्रतिशतले बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा १ अर्ब ३० करोड रुपैयाँ मात्रै थियो ।

त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी बढेर २८.०६ रुपैयाँ पुगेको छ । पीई रेसियो १७.२५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८७.९४ रुपैयाँ रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषको रकम १४.३५ प्रतिशतले बढेर ९ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्ममा बैंकको निक्षेप १ खर्ब ४१ करोड र कर्जा १ खर्ब २६ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा क्रमशः १२.५८ र २३.८९ प्रतिशतले बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.