२०७८ साउन २२ गते १४:०५ विकासन्युज
काठमाडौं । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले पुञ्चधुरा माध्यमिक विद्यालयका छात्राहरूलाई साइकल वितरण गरेको छ । नगरपालिकाले वडा नं. ५ मा रहेको पुञ्चधुरा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुलाई साइकल वितरण गरेको हो ।
नगरपालिकाले प्रदेशको सहयोगमा विद्यार्थीहरूलाई साइकल वितरण गरेको छ । ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत प्रदेशका सांसद शारदा देवी थापाको उपस्थितिमा कक्षा ८ का विद्यार्थीहरुलाई साइकल वितरण भएको हो ।
विद्यालय जान आउन सहज होस् भन्दै कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीका लागि साइकल वितरण गरिएको नगरले जनाएको छ । नगरपालिकाभित्र बसोबास गर्ने कोही पनि विद्यार्थी पढाइबाट वञ्चित नहुन् भन्दै साइकल वितरण गरेको वडा नं. ५ का वडाध्यक्षले बताए ।
साइकल वितरण कार्यक्रममा बोल्दै सांसद थापाले गुणस्तरीय शिक्षाका साथै छोरीहरूको मनोवल बढाउन साइकल वितरणले बुलो सहयोग मिल्ने बताइन् । उनका अनुसार शिक्षा स्वास्थ्य सहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उनले छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान पनि ल्याइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.