उपत्यकाकाे थप छ ठाउँमा सीजीकाे नेट विस्तार हुँदै, १२० एमबीपीएस मात्र ९९९ रुपैयाँमा

  २०७८ साउन २० गते १२:२९     विकासन्युज

काठमाडौं । सस्तो मूल्यमा १२० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउने घोषणासहित बजार प्रवेश गरेको सिजी नेटले काठमाडौंका थप ६ ठाउँमा आफ्नो इन्टरनेट उपलब्ध गराउने भएको छ ।

कम्पनीले साउन २३ मा सतुङ्गल, साउन २६ मा महाराजगंज, साउन २७ मा बालाजु र छाउनी, साउन ३१ मा कोटेश्वर र भदौ ३ मा कलंकीमा इन्टरनेट विस्तार गर्न लागेको जानकारी दिएको छ ।

कम्पनीले उक्त क्षेत्रका उपभोक्ताका घरमा सेवा माग गरिएको २४ घण्टाभित्र जडान कार्य गरिने जनाएको छ ।

हाल कम्पनीले भ्याटबाहेक ९९९ रुपैयाँमै १२० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ । कम्पनीले यसै वर्ष देशैभर आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको जनाउँदैं आएकाे छ ।

यस्तै कम्पनीले वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरेकाे छ । यसका साथै कम्पनीले ३ महिने र ६ महिने प्याकेज लिँदा पनि जडान र केबल निःशुल्क गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.