अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारस खड्काको घोषणा

  २०७८ साउन १९ गते ९:२०     विकासन्युज

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।

खड्काले सामाजिक संजाल मार्फत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन् ।

उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको बताएका छन् ।

यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनले सन् २००२ देखि क्रिकेट यात्राको सुरवात गरेका थिए । उनले सन् २००९ देखि २०१९ सम्म कप्तानकाे रुपमा नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.