ललितपुरमा आजदेखि ४५ वर्षमाथिकालाई खोप दिइने

  २०७८ साउन १५ गते ११:०७     विकासन्युज

काठमाडौँ । ललितपुर महानगरपालिकाले आजबाट ४५ वर्ष वा सो भन्दा माथि उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ भेरोसेल खोप लगाउने भएको भएको छ । महानगरले २९ ओटै वडामा आजबाट खोप लगाउन सुरु गरेको हो ।

महानगरपालिकाले एक सूचना जारी गर्दै आज साउन १५ देखि १७ गतेसम्म पहिलो चरणको भेरोसिल खोप दिन जानकारी दिएको छ ।
उक्त खोप अभियानमा ४५ वर्षभन्दा माथि उमेर पुगेका नागरिकले महानगको २९ ओटा वडामा पुगी खोप लगाउन सकिने बताइएको छ ।

खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज (नागरिकता) लिएर जानु पर्नेछ । महानगरपालिकाभित्र उक्त खोप बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म लगाइने व्यवस्था गरिएको छ ।

यसका साथै साउन १८ गतेका दिन जोन्सन एण्ड जोन्सन कार्यक्रम पनि सञ्चालन हुन गई रहेको र सोको विस्तृत जानकारी पछि सार्वजनीन गर्ने पनि सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.