नेपाल इन्जिनियरिङ कलेज र स्थानीय सडक पुल इकाईले मिलेर पाठ्यक्रम बनाउने

  २०७८ साउन १४ गते १२:३०     विकासन्युज

ललितपुर । नेपाल इन्जिनियरिङ कलेज र स्थानीय सडक पुल इकाईबीच पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास तथा लागू गर्ने उद्देष्यले सम्झाैतापत्रमा हस्ताक्षर भएको छ ।

नेपालमै स्थानीय सडकहरूमा वर्षेनी सय भन्दा बढि पुल निर्माण गर्दा डिजाइन र सुपरभिजनमा प्राविधिक सहयोग गर्दै आएको संस्था स्थानीय सडक पुल इकाई र कलेजबीच बिहिबार सम्झाैतापत्रमा हस्ताक्षर भएको हाे ।

उक्त समझदारीपत्रमा नेकको तर्फबाट कलेजका प्राचार्य प्राडा. हरिकृष्ण श्रेष्ठ र स्थानीय सडक पुल इकाइको तर्फबाट इकाईका टिम लिडर इन्जिनियर सकिल मानन्धरले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झाैता अनुसार दुई संस्थाले मिलेर नेपालका स्थानीय सडकहरूमा दिगो र टिकाउ पुल बनाउन के कस्ता प्राविधिक पक्षहरूलाई ध्यान दिने र कसरी चुस्त पुलहरू डिजाइन गर्ने भन्ने विषयको पाठ्यक्रम तयार गर्नेछन जुन स्नातक तहका इन्जिनियरिङ विद्यार्थीहरूलाई पढाइने छ ।

साथै विद्यार्थीहरूले सोहि विषयमा प्रोजेक्ट गर्न चाहेमा तथ्याङ्क तथा फिल्डमा जाने बस्ने खर्च समेत उपलब्ध गराउने प्रावधान रहेकाे कलेजले जानकारी दिएकाे छ ।

डिजाइन तथा सुपरभिजनको कमजोरीले हरेक वर्ष मनसुनमा दर्जनौं पुलहरू भत्किरहेको नेपालमा उक्त समझदारी कार्यान्वयन पश्चात पुल निर्माण प्रविधिमा उल्लेख्य सुधार हुने तथा सक्षम इन्जिनियरहरू उत्पादन हुने अपेक्षा गरिएको इन्जिनियर मानन्धरले बताएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.