विश्व पौडेल बने राष्ट्रिय योजना आयोगकाे उपाध्यक्ष, को हुन् उनी ?

  २०७८ साउन १२ गते १७:४७     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

उनीसँग अर्थ र इतिहास सम्बन्धि राम्रो अनुभव छ । उनी हाल काठमाडाैं विश्व विद्यालयमा अध्यापन गराउँछन् ।

बैठकले डा‍. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङ पनि आयोग सदस्यमा नियुक्त गरेकाे छ । गुरुङ र फुयाल यसअघि पनि सदस्य थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.