कम्पनी वर्गीकरण गर्न नेप्सेले माग्यो विवरण, एक साताभित्रै पेश गर्नुपर्ने

  २०७८ साउन १० गते १६:४०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गर्नको लागि विवरण माग गरेको छ । आज(साउन १० गते) एक सूचना जारी गर्दै नेप्सेले उक्त संस्थाहरुलाई आवश्यक विवरण बुझाउन माग गरेको हो ।

नेप्सेले प्रत्येक त्रैमासिक अवधिमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गर्दै आएको छ । सोही व्यवस्था अनुरुप चौथो त्रैमासिक वर्गीकरणको लागि नेप्सेले सम्बन्धित कम्पनीहरुलाई आगामी साउन १७ गतेभित्र बुझाउन आग्रह गरेको हो ।

यससँगै, सूचीकृत कम्पनीहरुले नेप्सेले उपलब्ध गराएको फारमको ढाँचामा फारम भरी आगामी एक साताभित्रमा नेप्सेमा पठाईसक्नु पर्ने हुन्छ । उनीहरुले नेप्सेको ईमेल ठेगानामा पठाउन सक्ने छन् ।

यस्तो छ फारम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.