सिसी क्यामरा राख्न सुनापति गाउँपालिकाले दियो १० लाख

  २०७८ साउन १० गते १६:३८     विकासन्युज

काठमाडौं । सुनापति गाउँपालिकाले बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्नको लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले बजारी क्षेत्रहरूमा हुन सक्ने सम्भावित अपराधिक गतिविधिको निगरानी गर्नको लागि सिसी क्यामेरा जडान गर्ने लागेको हो ।
गाउँपालिकाले गाउँसभाको बैठक बसी पालिकाका बजारी क्षेत्रभित्र सुरक्षा व्यवस्था निगरानीका लागि सिसी क्यामेरा जडान गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले पहिलो चरणमा गाउँपालिकाको केन्द्र आसपासको बजार क्षेत्र र क्रमशः अन्य सार्वजनिक क्षेत्रमा पनि सिसी क्यामेरा जडान गरिने नीति बनाएको छ ।

सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीको बजार क्षेत्रमा पहिलो चरणमा सिसी क्यामेरा जडान गर्ने योजना रहेको जनाएको छ । हाल गाउँपालिकाको कार्यालयमा सिसी क्यामेरा जडान भएको छ । त्यसै गरी गाउँपालिकाले इन्टरनेट सेवाको पहुँचमा वृद्धि गर्नको लागि १० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.