ज्योति लाईफले बीमितको घरमै गएर हस्तारन्तरण गर्यो कोरोना बीमाको दावी

  २०७८ साउन ७ गते १७:१७     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको हो ।

ज्योति लाईफ इन्स्योरेन्समा ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन योजना अन्तर्गतको बीमालेख शुरु गरेका महर्जनको २०७८ जेठ १ गते कोरोना संक्रमणका कारण मुत्यु भएको थियो ।

महर्जनको मृत्यु भएपछि कम्पनीले सम्पूर्ण प्रक्रिया पूरा गरी २० लाख रुपैयाँ मृतको घरमै गएर श्रीमतिलाई हस्तान्तरण गरेकोे हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.