एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड बैंकको विजनेसमा गिरावट, असारमा यी ७ बैंकको पफर्मेन्स घट्यो

  २०७८ साउन ५ गते १८:४७     विकासन्युज

काठमाडौं । एक वर्षको अवधिमा एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड बैंकको व्यापारमा केही गिरावट आएको देखिन्छ । बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकका अनुसार यी दुई बैंकको व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा केही सुस्त देखिएको हो ।

गत वर्षको असारको तुलनामा यस वर्षको असारमा एसबिआई बैंकको निक्षेपमा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको असारसम्म १ खर्ब १० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकले गत आवको असारसम्म भने १ खर्ब ६ अर्ब २२ करोड रुपैयाँ मात्रै निक्षेप संकलन गरेकाे छ । जुन ४ अर्ब १८ करोड रुपैयाँले घटी हाे ।

एक वर्षकाे अवधिमा बैंकको कर्जामा भने केही सुधार देखिएको छ । अघिल्लो आवको असारसम्म बैंकले ९४ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले गत आवको असारसम्म १ खर्ब १ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएकाे  छ ।

बैंकले पछिल्लाे एक महिनामा भने कर्जा लगानी घटाएकाे छ । गत जेठकाे तुलनामा बैंककाे कर्जा रकम १ अर्ब ६५ करोड रुपैयाँले घटी हाे ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको व्यापारमा पनि केही गिरावट आएको देखिएको छ । एक वर्षको अवधिमा बैंककाे निक्षेप २ अर्ब ९२ करोड रुपैयाँले घटेको छ । अघिल्लो आवको असारसम्म ९९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरेको यो बैंकले गत आवको असारसम्म ९६ अर्ब १९ करोड रुपैयाँ मात्रै निक्षेप संकलन गरेको छ ।

बैंकले कर्जा विस्तारमा भने सुधार गरेको देखिएको छ । अघिल्लो आवको असारसम्म ५७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकले गत आवको असारसम्म भने ७२ अर्ब ५ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । जुन १४ अर्ब ५३ करोड रुपैयाँ बढी हो ।

७ बैंकको पफर्मेन्स घट्यो

जेठको तुलनामा असारमा कर्जा घटेका ७ बैंक (रु अर्बमा)

गत आर्थिक वर्षको जेठको तुलनामा असार महिनामा ७ वटा वाणिज्य बैंकको व्यापारमा गिरावट आएको देखिएको छ । निक्षेप संकलनमा खासै गिरावट नआए पनि कर्जा विस्तारमा भने ७ वटा बैंकको निकै गिरावट देखिएको छ ।

एनआईसी एशिया र एसबीआई बैंकको मात्रै जेठ महिनाको तुलनामा असारमा निक्षेप घटेको छ । तर, यस बैंकको एक वर्षको तुलनामा भने सबैभन्दा बढी निक्षेप संकलन गर्ने र कर्जा विस्तार गर्ने बैंकको अग्रणी स्थानमा छ ।

एनआईसी एशिया बैंकको गत जेठको तुलनामा असार महिनामा ३ अर्ब ६५ करोड रुपैयाँले घटेको छ । यस्तै, साेहि अवधिमा एसबीआईकाे निक्षेप २ अर्ब ५१ करोड रुपैयाँले घटेको देखिएको छ ।

सिभिल, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट, एनआईसी एशिया, एनएमबी, एसबिआई र प्रभु बैंकको कर्जा प्रवाह गत जेठको तुलनामा असारमा खस्किएको तथ्यांकले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.