सोमबारको बजारमा उतारचढाव, बढी कारोबार गर्नेको शीर्ष स्थानमा वाणिज्य बैंक मात्रै

  २०७८ साउन ४ गते १२:५१     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । यो समाचार तयार पार्दा (१२ः२४) सम्ममा नेप्से परिसूचक ३६.१९ अंकले बढेर ३०१६.८० बिन्दुमा पुगेको छ ।

बजार खुलेदेखि हालसम्मको परिसूचक न्युनतम २९९३ बिन्दुदेखि उच्चतम ३०३२ बिन्दुको बीचमा रहेको छ ।

यो अवधिसम्म २१४ कम्पनीको कूल ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । जसमध्ये सबैभन्दा बढी कारोबार गर्नेका अग्रस्थानमा वाणिज्य बैंकमात्रै रहेका छन् । उच्च कारोबार गर्नेको ९औं स्थानमा सबै वाणिज्य बैंक रहेका छन् ।

जसमध्ये सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको उच्च कारोबार भएको छ । कारोबार साढे एक घण्टामै बैंकको १९ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ४७२ रुपैयाँ रहेको छ ।

त्यस्तै, दोश्रो स्थानमा एनएमबि बैंक रहेको छ । प्रतिकित्ता ४८८ रुपैयाँ रहेको बैंकको हालसम्म १६ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।

त्यस्तै, तेश्रो स्थानमा रहेको नबिलको १५ करोड ५६ लाख रुपैयाँ बराबरको साधारणसेयर किनबेच भईसकेको छ । जसको सेयर मूल्य प्रतिकित्ता १४६४ रुपैयाँ रहेको छ ।

त्यस्तै, ग्लोबल आईएमई बैंकको १४ करोड ९५ लाख, एनआईसी एशिया बैंकको १२ करोड ७७ लाख, प्रभु बैंकको १२ करोड ६३ लाख, नेपाल बैंकको ११ करोड ९१ लाख र सिद्धार्थ बैंकको ११ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भईसकेको छ ।

राष्ट्रिय बीमा कम्पनीको १५ करोड ४० लाख रुपैयाँ बराबरको संस्थापक सेयर बिक्री भईसकेको छ । जसको सेयर मूलय १८ हजार ०१३ रुपैयाँ रहेको छ । यो समाचार तयार पर्दासम्म यो कम्पनी बढी कारोबार गर्नेको चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.