आईतबार थप १ हजार ६६७ जना संक्रमणमुक्त, थपिए एक हजार ८०१

  २०७८ साउन ३ गते १७:४६     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप एक हजार ६६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार उक्त संख्यामा कोरोना संक्रमणमुक्त भएका हुन ।

यस्तैगरी, पछिल्लो २४ घण्टामा थप १८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६६२८ जनामा गरिएको एन्टिजेन परीक्षणमा १२२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तैगरी पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.