नबिल बैंकले साउन १० गतेदेखि ऋणपत्र जारी गर्ने, व्याजदर कति ?

  २०७८ साउन ३ गते १३:४०     विकासन्युज

काठमाडौं । नबिल बैंकले आगामी साउन १० गतेदेखि ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सो दिनदेखि ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्रको निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

७ वर्षे अवधि रहेको यो ऋणपत्रमा वार्षिक ८ प्रतिशत व्याज पाइने छ ।

यससँगै इच्छुकले साउन १० गतेदेखि छिटोमा साउन १३ गतेसम्ममा आवेदन दिन पाउने छन् । यदि सो अवधिसम्ममा माग अनुसारको आवेदन नपरेमा ढिलोमा साउन २४ गतेसम्म ऋणपत्र निष्काशन हुने छ । उनीहरले न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्मका लागि आवेदन दिन सक्ने ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ ।

बैंकले जारी गर्न लागेको ऋणपत्रको लागि इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर डबल ए माइनस’ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीमा कम कर्जा जोखिम रहेको र समयमा नै वित्तीय दायित्व पुरा गर्नेमा थप सुरक्षित रहेको बुझिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.