आज र भाेलि ललितपुरमा ५५ वर्ष माथिकालाई खोप लगाइने

  २०७८ साउन २ गते १०:३३     विकासन्युज

काठमाडौं । आजदेखि ललितपुर महानगरपालिकामा ५५ वर्षदेखि माथिका उमेरलाई खोप लगाउन शुरु गरिएको छ ।

महानगरका जनस्वास्थ्य प्रमुख खगराज गलालले साउन २ र ३ गते ललितपुर जिल्लामा ५५ वर्षदेखि माथिकालाई खोप लगाउने जानकारी दिएका हुन् ।

गलालको अनुसार ५५ वर्ष र सो माथिका उमेर समूहलाई कोभिडविरुद्धकाे भेरोसेल खाेप लगाउने प्रावधान रहेको छ ।

खोप लगाउने स्थान हरेक वडामा रहेका उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.