भंगहा नगरपालिकाको कार्यालय राख्न प्रमुखले दिए आफ्नै घर, मासिक ६० हजार बचत

  २०७८ असार ३१ गते १७:१५     विकासन्युज

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिकाका प्रमुखले नगरपालिकाको कार्यालयलाई निःशुल्क घर प्रयोग गर्न दिएका छन् ।

नगर प्रमुख संजिव कुमार साहले आफ्नो घरलाई भाडा नलिने सर्तमा आफ्नै घर नगरपालिकाको कार्यालयलाई उपलब्ध गराएका छन् ।

नगरपालिकाको प्रशासनिक भवन नभएका कारण नगरप्रमुख आफ्नो घर नगरपालिकालाई निःशुल्क प्रयोग गर्न दिएका हुन् ।

यसअघि नगरपालिकाले सितापुर बजारमा रहेको एक घरमा मासिक ६० हजार रुपैंयाँ भाडा तिरेर प्रशासनिक काम सञ्चालन गर्दै आएको थियो ।

नगरपालिकाको घरभाडाबापत खर्च हुने वार्षिक ७ लाख २० हजार रुपैयाँ बचाउने उद्देश्यले आफ्नो घर उपलब्ध गराएको नगरप्रमुख साहले बताएका छन् ।

नगरपालिकाको आफ्नै भवन नबन्दासम्म सितापुरमै रहेको उनको आफ्नो घरमा निःशुल्क नगर कार्यपालिकाको काम सञ्चालन गर्न दिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.