अन्तिम दिन ११ अंकले बढेर आर्थिक वर्षलाई विदा गर्यो सेयर बजारले

  २०७८ असार ३१ गते १५:१७     विकासन्युज

काठमाडौं । नेपालको सेयर बजारका लागि ऐतिहासिक वर्ष बनेको चालु आर्थिक वर्षको अन्तिम दिन सामान्य अंकले बढेर बजार बन्द भएको छ । अन्तिम दिन पुँजी बजार मापक नेप्से परिसुचक ११.३३ अंकले बढेको छ ।

चालु आर्थिक वर्षमा नेप्से परिसुचकले ऐतिहासिक विन्दु पार गरेर ३ हजारभन्दा माथिको विन्दुमा पुगेको थियो । यस्तै, एकै दिन २० अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको रेकर्ड पनि सेयर बजारले यही चालु आर्थिक वर्षमा राख्यो ।

सेयर बजारप्रति चालु आर्थिक वर्षमा सर्वसाधारणको आकर्षण पनि धेरै बढेको छ । एउटै कम्पनीको आईपीओमा २२ लाखको हाराहारीमा आवेदन पर्न थालेको छ । अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या पनि ऐतिहासिक रुपमा बढेको छ ।

आज सेयर बजारमा २२३ कम्पनीका ५ करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर ८ अर्ब १४ करोड ३६ लाख १४ हजार रुपैयाँमा खरिद विक्री भए । आज ११.३३ अंकले बढेर नेप्से परिसुचक २८८३.३८ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीहरुको परिसुचक सेन्सेटिभ इन्डेक्स १.९३ अंकले बढेर ५४१.३१ विन्दुमा पुगेको छ ।

आजको बजारमा बैंकिङ, ट्रेडिङ, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड समुहका उपसुचक पनि बढेका छन् । होटल तथा टुरिजम, डेभलपमेन्ट बैंक, उत्पादनशील, अन्य, जीवन बीमा र इन्भेष्टमेन्ट समुहका सुचक भने घटेका छन् ।

न्यादी पावर कम्पनीका लगानीकर्ताको सम्पत्ती ९.४ प्रतिशतले बढेको छ । यस्तै, रैराङ हाइड्रोको ८.९१, गणपति माइक्रोफाइनान्सको ७.८८ र मञ्जुश्री फाइनान्सको सेयर मूल्य पनि करिब ८ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.